FAQs Complain Problems

घटना दर्ता

व्यक्तिगत घटना दर्ताका लागि आवश्यक कागजातहरु
व्यक्तिगत घटना दर्ताका लागि आवश्यक कागजातहरु :-

जन्मदर्ताका लागिः—

१.बाबु /आमाको नेपालि नागरिकताको प्रतिलिपि,बाबु वा आमा स्वयं

२.स्वास्थ्य संस्था वा अस्पतालमा जन्म भएको उक्त संस्थाबाट जारी जन्म प्रतिवेदन

३. घरमा जन्म भएको भए पछिल्लो खोप दिएको प्रमाण

४.अस्पताल वा खोपको प्रमाण नभएमा जन्म दर्ता नभएमा जन्म दर्ता गर्नुपर्ने व्यक्ति स्वयंको उपस्थिति गराउने वा सम्वन्धित वडाबाट जन्म दर्ता गर्नु पर्ने व्यक्तिको जन्म प्रमाणीत गरेको कागज

५. विदेश भएमा बाबु,आमाको राहदानी प्रमाणपत्रको प्रतिलिपि तथा सम्बन्धित स्थानिय तहको वडामा बसोबास रहेको प्रमाण पत्र

६.भारतीय भएमा भारतीय नागरिकता भनी पहिचान खल्ने प्रमाण

७.बाबु बेपता वा ठेगाना थाहा नभएको भए सो सम्बन्धमा प्रहरीको पत्र

विवाह दर्ताका लागि :-

१.दुलाहादुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२.कुनै एक जना विदेशमा रहेमा विदेश स्थित नेपाली राजदुतावासबाट प्रमाणित अधिकृत वारेसनामा

३.दुलाहा वा दुलही नभएमा अदालतबाट भएको नाता कायमको कागज

४.दुवै जनाको हालै खिचेको ३५।३५ मि.मि साईजको फोटो

मृत्यु दर्ताका लागि :-

१.मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि (नागरिकता बनेको भएमा )

२.सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

३.विदेशी भएमा सूचक र मृतकको राहदानी प्रवेशाज्ञा तथा निज त्यस वडामा बसोबास गरिरहेको प्रमाण पत्र

बसाईसराई दर्ताका लागि :-

१.सूचकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

२.बसाई सराईको लागत हस्तान्तरण फारमको सक्कल प्रति

३.नागरिकता भएको भएमा नागरिकताको प्रतिलिपि नागरिकता नभएमा जन्म दर्ताको प्रतिलिपि